अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थुनछेक बहस नसकिएपछि टिकटकर तुलसा अधिकारी फेरि हिरासतमै

थुनछेक बहस नसकिएपछि टिकटकर तुलसा अधिकारी फेरि हिरासतमै


ललितपुर-टिकटकर तुलसा अधिकारीविरुद्ध दायर मुद्दामा थुनछेक बहस बुधबार पनि नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा पठाइएको छ।

ललितपुर जिल्ला अदालतमा जारी सुनुवाइका क्रममा प्रतिवादीको पक्षमा ठूलो संख्यामा कानुन व्यवसायी उपस्थित भएका कारण सबैको बहस नसकिएको हो। बहस पूरा नभएसम्म थुनछेक सम्बन्धी आदेश नआउने भएकाले अधिकारीलाई फेरि हिरासतमा राखिएको हो।

प्रहरीका अनुसार उनलाई अर्को सुनुवाइसम्म ललितपुरस्थित प्रहरी हिरासतमै राखिनेछ। उनीविरुद्ध दायर मुद्दामा अन्य केही व्यक्तिहरू पनि प्रतिवादी रहेका छन्। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।

उजुरीकर्ताले अधिकारीसहितका प्रतिवादीहरूले करोडौं रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। साथै, अधिकारीको नाममा रहेको ठूलो परिमाणको सम्पत्तिको स्रोत खुल्न नसकेको भन्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दायर गरिएको छ।

लामो समयदेखि फरार रहेकी अधिकारीलाई हालै अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विदेशबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। त्यसपछि उनीविरुद्धको मुद्दाको सुनुवाइ अदालतमा भइरहेको छ।

कुमार चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ।

२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन्।