अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन राष्ट्रवादी होइनन्, केपी ओलीसँग तुलना हुन सक्दैन: महेश बस्नेत

बालेन राष्ट्रवादी होइनन्, केपी ओलीसँग तुलना हुन सक्दैन: महेश बस्नेत


काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री बालेन शाहको कुनै तुलना नहुने बताएका छन्।

पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला कार्यक्रम स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले बालेन राष्ट्रवादी नेता नभएको बताए।

सचिव बस्नेतले भने, ‘बालेन साह राष्ट्रवादी होइन, केपी शर्मा ओली राष्ट्रवादी हो। बालेन लोकतन्त्र विरोधी, अधिनायकवादी र निरङ्कुश शासक हो भने केपी ओली लोकतन्त्रवादी शासक हो । लोकतन्त्रको लागि १४ वर्ष जेल बसेको मान्छे हो। केपी ओली समृद्ध नेपाल सुखी नेपालीको एउटा अभियन्ता, विकासको अभियन्ता हो।’

सचिव बस्नेतले बालेनले अहिले विकास कहाँ पुर्‍याए ? महँगी कहाँ पुगेको छ ? भन्दै प्रश्न गरे। सचिव बस्नेतले भने, ‘बालेन गरिबमारा नीतिको पक्षमा र दलाल नोकरशाही पुँजीपतिको पक्षधर म होइन भनेर स्वर्णिम वाग्लेजीले भन्नुभएको थियो, बालेनजी चाहिँ त्यसको पक्षपोषक हो भन्ने कुरा देखिन्छ र स्वर्णिम वाग्लेको बजेटले पनि दलाल नोकरशाही पूँजीपतिहरुलाई सपोर्ट गरेको छ।’

सचिव बस्नेतले पार्टी अध्यक्ष केपी ओली नै रहने बताए। उनले भने, ‘पुस ३ गते हामीले केपी शर्मा ओलीजीलाई शानदार ढङ्गले महाधिवेशन सम्पन्न गरेका छौँ। अब ५ वर्ष नभईकन हाम्रो विधानले अध्यक्ष अर्को बनाउने भन्ने परिकल्पना गरेको छैन। चुनावको हारको जिम्मेवारी लिएर हामी समीक्षा गर्दछौँ, यत्रो आन्तरिक छलफल गरिरहेका छौँ, बैठक बसिरहेका छौँ, हामीले कार्यदल बनाएर विशेष गरेर नीति निर्माणमा, सङ्गठन निर्माणमा, संरचनागत विषयवस्तुमा के के सुधार गर्नुपर्छ पार्टीले गर्छ।’

सचिव बस्नेतले पार्टी र अध्यक्ष ओलीमाथि चौतर्फी हमला भइरहेको भन्दै ओलीले नै पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउने जिकिर गरे।