अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवाका कार्यक्रममा दुर्गा प्रसाईंको उपस्थिति बढ्दो

युवाका कार्यक्रममा दुर्गा प्रसाईंको उपस्थिति बढ्दो


झापा- पछिल्ला दिन चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनेका खाले मञ्चमा देखिन थाल्नुभएको छ । उहाँको व्यवसाय मेडिकल क्षेत्र हो तर उहाँ युवाहरुले आयोजना गर्ने अनेक कार्यक्रममा प्रमुख अतितिको रुपमा देखिनुभएको छ ।

कहिले धनगढीका युवाहरुलाई मोटिभेसन तालिम दिन त कहिले नेपालगञ्जका युवालाई व्यावशायमा आकर्षित गर्न प्रसाईंको दौडधुप देखिन्छ । त्यति मात्र होइन एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रुपमा प्रसाईं देखिएपछि उहाँको मुल गन्तव्य कता हो भनेर धेरै अलमल परेका छन् । कुनै बेला प्रचण्डका नजिक मानिने प्रसाईं अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट हुनुहुन्छ । उहाँले आफूले पाएका हरेक मञ्चमा प्रचण्डलाई उदांगो पार्ने र ओलीको प्रशंसामा समय दिने गर्नुभएको छ । आफूलाई माओवादी आन्दोलनमा लागेर लाज लागेको प्रसाईंले पटक पटक भन्दै आउनुभएको छ ।

‘म जे गर्छु नेपाल मै गर्छु,नेपालीको लागि गर्छु’ भन्ने नारा बोकेर सामाजिक अभियानमा होमिएका प्रसाईंको गन्तव्य सामाजिक क्षेत्र मात्र हो कि राजनीति हो भन्ने धेरैले चासोपूर्वक हेरेका छन् ।

बुधबार गृह जिल्ला झापामा सयौं यूवाहरुले प्रसाईंलाई मोटरसाइकल र्‍याली सहित नगर परिक्रमा गराए । सिटी सेन्टरमा आयोजित कार्यक्रममा प्रसाईंले ‘युवाले चाहे देश निर्माण हुने,स्वदेश मै रोजगारी सृजना हुने र घरपरिवार छोडेर वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता हट्ने’ बताउनुभएको छ । उहाँले आफू कम्तीमा ५० हजार युवालाई रोजगारी दिने गरी उद्योगहरुको विस्तारमा लागेको बताउनुभएको छ । ‘मोटिमेटर’को पहिचान बनाउँदै गर्नुभएका प्रसाईंलाई युवाहरुले मोडलको रुपमा प्रस्तुत गर्न थालेका छन् ।

आज पनि झापाको अर्जुनधारा ६ स्थित लक्ष्मीपुरमा सेभेन स्टार डिर्पाटमेन्ट स्टोरको उद्‍घाटन गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएका सातजना युवाहरु किशोर पौडेल, विमल मेचे, प्रकाश भट्टराई, बीरबहादुर राई, रेशबहादुर बस्नेत, केशव कुमार पोखरेल र होमनाथ पौडेलले करि २ करोडको लगानीमा सुरु गरेको डिर्पाटमेन्ट स्टोरको प्रसाईंले उद्‍घाटन गर्नुभएको हो । ‘म जे गर्छु नेपाल मै गर्छु,नेपालीको लागि गर्छु’ भन्ने नारा बोकेर सामाजिक अभियानमा होमिएका प्रसाईंको गन्तव्य सामाजिक क्षेत्र मात्र हो कि राजनीति हो भन्ने धेरैले चासोपूर्वक हेरेका छन् ।