बैंगलुरू – कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको हृदयघातका कारण निधन भएको छ । उहाँको निधन ४६ वर्षको उमेरमा बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो । जिममा रहेका पुनित अचानक ढलेपछि उहाँलाई तत्काल हस्पिटल लगिएको थियो । उहाँको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्ट अनुसार छातीमा दुखाइ भएपछि ११ बजेर ३० मिनेटमा अस्पताल ल्याइएको थियो । उहाँलाई अस्पतालमा ल्याउँदा अवस्था बिग्रिसकेको थियो ।
शिव राजकुमारका दाई समेत रहेका पुनितले सन् १९७६ बाट बाल कलाकारको रुपमा अभिनय सुरू गरेका थिए । उहाँको गत अप्रिलमा युवराथना नामक फिल्म रिलिज भएको थियो । जेम्स नामक उहाँको फिल्म छायांकन भरहेको छ ।







प्रतिक्रिया