अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन: महासचिव पोखरेल

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन: महासचिव पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतका अभिव्यक्तिले पार्टीको रक्षा हुन नसक्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन्।

महासचिव पोखरेलले पार्टीका नेता–कार्यकर्तालाई जनताको भावना र अपेक्षाअनुसार व्यवहार गर्न आग्रह गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्।

‘जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन्,’ महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।

Skip This