काठमाडौँ-नेकपा (एमाले)ले युवा पुस्तालाई पार्टीको संगठन, नेतृत्व विकास, प्रचार, नीति निर्माण र निर्वाचन अभियानमा सक्रिय रूपमा सहभागी गराउने नीति अघि सारेको छ। २०८४ को प्रदेश तथा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सञ्चालन हुन लागेको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत एमालेले युवाकेन्द्रित कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको हो।
पार्टीले युवालाई राजनीतिक गतिविधिमा मात्र सीमित नराखी उद्यमशीलता, नेतृत्व विकास तथा डिजिटल सहभागितासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। बदलिँदो राजनीतिक र सामाजिक परिवेशमा युवा पुस्ताको भूमिका थप प्रभावकारी बनाउन आधुनिक प्रविधि र सामाजिक सञ्जालमार्फत उनीहरूको सक्रियता बढाउने एमालेको तयारी छ।
एमालेले मिसन ग्रासरुटले पार्टीलाई युवा केन्द्रित बनाउन सिफारिस गरेको थियो।
पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै युवा केन्द्रित बनाउनुपर्ने निष्कर्षसहित ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो। पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानले संगठनलाई थप गतिशील, प्रविधिमैत्री र युवापुस्ताको आकर्षणको केन्द्र बनाउने विषयमा महत्वपूर्ण सिफारिस गरेको थियो।
पार्टीलाई थप युवामैत्री बनाउनुपर्ने सुझाव आएको बताइएको छ। सोहीअनुसार पार्टी केन्द्रले प्रत्येक वडामा कम्तीमा १० जना युवा तथा स्थानीय तहमा युवा बहुल समिति गठनको अवधारणा अघि बढाएको छ। जिल्ला र त्यसभन्दा माथिल्ला कमिटीमा पनि युवाको सहभागिता बढाउने गरी प्रस्ताव गरिएको छ।
यस्तै, ३५ वर्षमुनिका युवालाई पार्टी गतिविधिमा व्यापक रूपमा समेट्ने र ४० वर्षमुनिका कार्यकर्तामध्येबाट नयाँ नेतृत्व विकास गर्ने दिशामा समेत एमालेले गृहकार्य थालेको छ। पार्टीले युवालाई केवल मतदाता वा कार्यकर्ता नभई भावी नेतृत्वका रूपमा स्थापित गर्ने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ।
Top of Form






प्रतिक्रिया