अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता भ्रष्टाचार र पक्षपातमा बदलियो: शंकर पोखरेल

‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता भ्रष्टाचार र पक्षपातमा बदलियो: शंकर पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारका पछिल्ला गतिविधिमाथि कडा टिप्पणी गर्दै ‘जान्नेलाई छान्ने’ भन्ने नाराको व्यवहारिक रूप भ्रष्टाचार, पक्षपात र स्वेच्छाचारितामा परिणत भएको आरोप लगाएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले ‘जान्नेलाई छान्ने’ भनिए पनि त्यसको वास्तविकता क्रमशः उजागर हुँदै गएको बताएका हुन्।

महासचिव पोखरेलले देशविरुद्धका गतिविधिलाई सामान्यीकरण गर्ने, राज्यविरुद्धका विध्वंसात्मक अपराधलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने, स्वार्थमा आधारित ‘सेटिङ’लाई विधिका रूपमा स्थापित गर्ने तथा अर्थ विधेयकजस्ता संवेदनशील दस्तावेजमा गैरकानुनी छेडखानी गर्ने कार्य सामान्य विषय नभएको उल्लेख गरेका छन्।

महासचिव पोखरेलले जिम्मेवारीमा रहेका व्यक्तिहरूले अवैध धनको स्रोतलाई प्रणालीको कमजोरीका रूपमा व्याख्या गर्ने, आफ्ना निकट व्यक्तिलाई उन्मुक्ति दिने र अन्यलाई जसरी पनि दोषी देखाउने प्रवृत्ति बढेको दाबी गरे।

‘यदि यही कुरालाई ‘जान्नेलाई छान्ने’ भनिएको हो भने यो योग्यता होइन, पाखण्ड हो,’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्।

महासचिव पोखरेलले यस्ता गतिविधिलाई स्वेच्छाचारिता, पक्षपात र भ्रष्टाचारको संस्थागत रूपको संज्ञा दिँदै सुशासन र तीव्र विकासका लागि विगतका कमीकमजोरी सुधार्न आवश्यक भए पनि नयाँपनको नाममा गलत कार्यलाई स्वीकार गर्न नसकिने बताएका छन्।

Skip This