अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई झापा जिल्ला सदस्यमा मनोनित

विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई झापा जिल्ला सदस्यमा मनोनित


बिर्तामोड – नेकपा एमाले झापाको बैठकले २५ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ। २५ जना प्रदेश कमिटी सदस्य बनेपछि रिक्त रहेको ठाउँमा मनोनित गरिएको पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न पार्टी परित्याग गरी एमालेमा आएका नेताहरुलाई समेत मनोनित गरिएको छ ।

अध्यक्ष पाठकले जिम्मेवारीमा नरहेका यसअघिका पालिकाका अध्यक्ष, कांग्रेस, माओवादी, चुरेभावर परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई मनोनित गरिएको जानकारी दिनुभयो ।

बैठकले टिकाप्रसाद पाठक, इन्द्र प्रसाद अधिकारी, प्रेम सापकोटा, नन्दलाल खरेल, हरि गौतम, मेखबहादुर भट्टराई, रविन्द्र लम्साल, बोधप्रसाद घिमिरे, धन बहादुर थेवे, विष्णु न्यौपाने, भीम राई (क), ज्ञानेन्द्र ओली, लोचन गुरागाई, लेखनाथ कटुवाल, कृष्णप्रसाद पोखरेल, केशव खड्का, तुलसी खतिवडा, भीम राई (ख) शान्ता गौतम, नारायण काफ्ले, गंगा कार्की, हडम मुर्मु, प्रमिश गिरी, प्रविण पोखरेल, विदुर तिवारी र मनोरथ तिवारी रहेका छन् ।