काठमाडौं-बडादसैँको आगमनसँगै राजधानी काठमाडौं छाडेर आफ्नो गाउँघर फर्किनेको क्रम बढेपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप कम हुँदै गएको छ ।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन घर फर्किन थालेपछि राजधानीका सडकमा सवारीसाधनको चाप घट्न थालेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि ३० असोजसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाेडेका छन् । २५ देखि ३० असोजसम्मको अवधिमा मात्रै ठूलो संख्यामा यात्रु बाहिरिएका हुन् ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
दसैँका लागि यात्रु बाहिरिने क्रम बढेसँगै उपत्यकामा चल्ने सार्वजनिक यातायातको चाप घट्न थालेको छ ।
मध्यम तथा लामो दूरीका सवारीसाधनलाई रुट परमिट खुला गरिएपछि स्थानीय रुटमा चल्ने कतिपय सवारीसाधनसमेत रिजर्भमा यात्रु लिएर उपत्यकाबाहिर जान थालेका छन् ।





प्रतिक्रिया