अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश विकासमा व्यवधान खडा गर्न एमाले नेतृत्वको सरकार भत्काइयो : अध्यक्ष ओली

देश विकासमा व्यवधान खडा गर्न एमाले नेतृत्वको सरकार भत्काइयो : अध्यक्ष ओली


 

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित दलको सरकार भत्काएर अर्को सरकार गठन गरिएको बताउनुभयो।

एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिवार आयोजना गरेको नेपाल संवत् ११४२ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । एमाले नेतृत्वको सरकार विरुद्ध सबै दल लागेर कठपुतली सरकार निर्माण गरेको उहाँले टिप्पणी गर्नुभयो । वर्तमान सरकारले जनताको विश्वास जित्ने गरी काम गर्न नसक्ने उहाँले बताउनुभयो ।

‘जनताद्वारा निर्वाचित बहुमत प्राप्त सरकार ढलाएर लोकतन्त्रको हुर्मत र संविधानको धज्जी उडाउने काम गरिएको छ’, एमाले अध्यक्ष ओलीले थप्नुभयो, ‘अन्तैबाट बनेको सरकारले प्रतिनिधिसभा संसद् बैठकमा विश्वासको मत लिने काम गरेर लज्जास्पद काम गरेको छ ।’

उहाँले सरकार बनाउने थलो संसद् भए पनि सांसदको मतबाट सरकार गठन हुनुपर्ने यस पटक अन्तैबाट गठन भएको बताउनुभयो । ‘परमादेशले सरकार बन्यो । यो भन्दा ठूलो जनताको अपमान के हुन्छ ? यो सरकारले केही काम गर्नेवाला छैन,’ उहाँले भन्नुभयो ।

काठमाडौं उपत्यका जीवित संग्रहालय भएको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाल देश प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदाले सुन्दर र धनी रहेको चर्चा गर्नुभएको थियो । सभ्यता र संस्कृतिको उदगत देश नेपाल भएको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो देश शास्त्र, ज्ञान, संगीत, कला, छन्द, धुन, गीत, नृत्य आदिको उदगत स्थल हो ।’