अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी र काँग्रेसको अनिच्छाका कारण शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सकिएन : ओली

माओवादी र काँग्रेसको अनिच्छाका कारण शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सकिएन : ओली


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी र काँग्रेसको अनिच्छाका कारण शान्ती प्रक्रियाका बाँकी काम पुरा हुन नसकेको बताउनुभएको छ ।

विस्तृत शान्ती सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज एक प्रेस विज्ञप्ती जारी गर्दे अध्यक्ष ओलीले एमाले सरकारमा रहँदा शान्ती प्रक्रियालाई पूर्णता दिन धेरै प्रयास गरेपनि शसस्त्र युद्धमा प्रत्यक्ष संलग्नहरुको अनिच्छाका कारण यो सम्भ्व नभएको उल्लेख गर्नुभएको छ ।

माओवादी द्वन्द्वकालमा भएका जघन्य अपराधलाई आम माफी दिन नसकिने बताउनुभएको छ ।एमाले सरकारमा रहँदा वा नरहँदा शान्ती प्रक्रियाका विषयमा सदैव एउटै आवाज उठाउने गरेको उल्लेख गर्नुभएको छ । एमालेले शान्ती प्रक्रियाका बारेमा उठाउने विषयलाई चारवटा बुंदा अध्यक्ष ओलीले स्पष्ट पार्नुभएको छ । पहिलो एमाले सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा सदैव रहेको स्पष्ट पार्नुभएको छ । ‘दोस्रो द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौं ’ अध्यक्ष ओलीले विज्ञप्तीमा भन्नुभएको छ ‘ नेपालको शान्ति प्रक्रिया हाम्रो घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको यथार्थलाई आत्मसात गर्दै हामी संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पु¥याउनुपर्ने मान्यता राख्दछौं ।’ चौथो बुंदामा द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य विधिबाट स्मरण, सम्मान र औषधोपचार सहितको परिपूरणको व्यवस्था गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्ने हाम्रो धारणा एमालेको छ ।

विज्ञप्तीमा द्वन्द्वबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गर्न एमाले सरकारमा रहँदा धेरै प्रयत्न गरे पनि माओवादी र काँग्रेसको अनच्छिाका कारण सम्भव नभएको उल्लेख गरिएको ।‘ यद्यपि द्वन्द्वमा प्रत्यक्ष संलग्न राजनीतिक पक्षहरूको अनिच्छा र परस्पर विरोधी अडानका कारण धेरै विषयहरू चाहेर पनि सम्बोधन गर्न नसकिएको विषय म यस अवसरमा स्पष्ट गर्न चाहन्छु ’अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ ।