अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेदवारी घोषणा गर्दै भीम रावलले भन्नुभयो- ‘मेरो प्यानल छैन, एक्लै लड्ने हो’

उम्मेदवारी घोषणा गर्दै भीम रावलले भन्नुभयो- ‘मेरो प्यानल छैन, एक्लै लड्ने हो’


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १४औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्यानल नरहेको बताउनुभयो । आइतवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफू एक्लै चुनाव लड्ने बताउनुभएको हो ।

सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको उहाँको भनाइ थियो ।

एमालेको विधान महाधिवेशनबाटै प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने निर्णय भएकाले आफ्नो एक्लो उम्मेदवारी रहेको रावलले स्पष्ट पार्नुभयो । ‘प्रत्येक व्यक्तिले व्यक्तिगत रुपमा चुनाव लड्ने तय भएको छ,’ उहाँले भन्नुभयो, मेरो कसैसँग कुनै पदमा कुनै सहमति भएको छैन । कुरा पनि भएको छैन ।’