काठमाडौं -नेकपा एमाले सैद्धान्तिक नेताका रुपमा घनश्याम भुसाल चिनिनुहुन्छ । प्राय संस्थापनको विपक्षमा बेलाबेला अभिमत प्रक्ट गरेर,कम्यूनिष्ट पार्टीले सिद्धान्त छोड्दै गएको भन्दै चिन्ता गरेर आम सञ्चाार माध्यममा छाइरहने भुसाल यसपाली महाधिवेशनको मुखमा पनि प्रतिक्रियाबिहिन हुनु भएको छ । केही दिन अघि कान्तिपुर दैनिकमा लामो लेख लेखेरका भुसालले आज एउटा भिडियो अन्तर्वार्ता दिनुभएको छ ।
१० औं महाधिवेशन केन्द्रीत भएर एमाले प्रचार विभागले सुरु गरेको भिडियो अन्तर्वार्तामा भुसालले आफूलाई पद पाउनु र नपाउनुसँग सरोकार नभएको बताउनुभएको छ । भुसालले आन्दोलनप्रतिको आफ्नो प्रतिवद्धता नैतिक भएको बताउनुभएको छ।
‘आन्दोलनप्रतिको मेरो प्रतिवद्धता नितान्त नैतिक हो, म त्यो दावी गर्छु,’ भुसालको भनाइ छ, ‘पद लिनु, नलिनु, केही हुनु, नहुनुसँग मलाई मतलव छैन् । प्रतिवद्धताका साथ म निरन्तर सक्रिय रहन्छु ।’
यद्यपि एमालेको नेता हुनका लागि के कस्तो योग्यता चाहिन्छ भन्ने मापदण्ड बनाउनुपर्नेमा भने उहाँको जोड छ। ‘नेकपा एमालेको नेता हुनका लागि के(के योग्यता चाहिन्छ भन्ने एउटा मापदण्ड बनाम। सबै मिलेर पास गरौं । त्यो योग्यता कसको छ भनेर ल दावी गरौं भनेर भनम। दुनियाँले प्रष्टै देखिहाल्छ नि कसमा त्यो योग्यता छ भनेर।’
प्रतिक्रिया