अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशन प्रतिनिधि मनोनयनका लागि एमाले स्थायी कमिटी बैठक आज

महाधिवेशन प्रतिनिधि मनोनयनका लागि एमाले स्थायी कमिटी बैठक आज


काठमाडौं- दशौं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङका अनुसार आज ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्न लागेको हो ।
आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ । ‘मनोनयका लागि विभिन्न नेताहरुले आज नाम प्रस्ताव गर्नुहुन्छ’ एक स्थायी कमिटी सदस्यले नेपाली बहससँग भन्नुभयो ‘अर्को बैठकले मनोनयन टुंग्याउछ ।’

एमालेको विधानले ५ प्रतिशत महाधिवेशन प्रतिनिधी मनोनित हुने व्यवस्था गरेको छ । जस अनुसार करिब ९५ जना प्रतिनिधी स्थायी कमिटीले टुंगो लगाउने एक नेताले जानकारी दिनुभयो ।