अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको १० औं महाधिवेशनका सन्दर्भमा बुद्धिजीवी परिषदले आज राजनीतिक बहस गर्ने

एमालेको १० औं महाधिवेशनका सन्दर्भमा बुद्धिजीवी परिषदले आज राजनीतिक बहस गर्ने


काठमाडौं -पार्टीको दशौं महाधिवेशनका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपाल बुद्धिजीवी परिषदले आयोजना गर्ने राजनीतिक बहस तथा दिशा निर्देश कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
परिषदका महासचिव गजेन्द्र थपलीयाका अनुसार दिउसो १२बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा अध्यक्ष ओली प्रमुख वक्ताको रुपमा सहभागी हुनुहुनेछ ।
कार्यक्रममा स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा,शंकर पोखरेल परिषदका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य टंक कार्की पनि वक्ताको रुपमा रहनुभएको छ ।