अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै देवराज घिमिरेले भन्नुभयो :चार मध्ये एक उपाध्यक्ष मेरै लागि हो

उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै देवराज घिमिरेले भन्नुभयो :चार मध्ये एक उपाध्यक्ष मेरै लागि हो


काठमाडौं- नेकपा एमालेमा एकपछि अर्का नेताले उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु गरेका छन् । यसैक्रममा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले उपाधक्ष्य पदमा आफ्नो दावी प्रष्तुत गर्नुभएको छ ।
पार्टीको चौथो महाधिवेशन प्रतिनिधी र पाँचौं महाधिवेशन देखि निरन्तर केन्द्रीय सदस्य रहेका घिमिरे एमालेका सादगी नेताका रुपमा चिनिनुहुन्छ । ‘पार्टीले दिएको जिम्मेवारी सधैं पुरा गरिएको छ’ घिमिरेले नेपाली बहस डट कमसँग भन्नुभयो ‘ समकालिन कमरेडहरुको सरसल्लाहमा नै उपाधक्ष्यमा उम्मेद्वारी दिने निधो गरेको हुँ ।’

आफ्नो उम्मेद्वारी किन भन्ने बिषयमा महाधिवेशन प्रतिनिधीहरुले विगतको योगदानलाई बुझिदिनुपर्ने घिमिरेले बताउनुभयो । ‘म मेची अञ्चलको इन्चार्ज भएको बेला २०५१ सालमा मेचीका सबै निर्वाचन क्षेत्रबाट चुनाव जितियो ’ घिमिरेले भन्नुभयो ‘संगठनप्रतिको त्यो लगाव र जोश मेरो अझै उस्तै छ । उपाधक्ष्यको रुपमा निर्वाचित भए प्रदेश नं १ मा एमालेको संगठन थप मजबुद बनाउन मेरो अझ ठूलो भूमिका हुन्छ ।’

झापा विर्तामोड निवासी घिमिरे नवौं महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीको सचिवलायमा बसेर पार्टी केन्द्रका कामहरुमा केन्द्रित हुनुहुुन्थ्यो । हाल प्रदेश नं १ का अध्यक्ष समेत रहनु भएका घिमिरेले आफ्नो उमेर र अनुभवलाई महाधिवशेन प्रतिनिधीले मूल्यांकन गर्ने बताउनुभएको छ ।

पार्टीमा बरिष्ठ बाहेक चार उपाधक्ष्यको व्यवस्था छ । ‘चारवटा मध्ये एउटा उपाधक्ष्य मेरै लागि हो ’ घिमिरेले भन्नुभयो ।