अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी

एमाले उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी


काठमडौं – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले १०औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ ।

उहाँले आफू निकट नेताकार्यकर्तासँग सो पदमा उम्मेदवारी घोषणा गर्ने विषयमा छलफल गरिसकेको स्रोतको भनाइ छ। महाधिवशेन नजिकिँदै गर्दा उपाध्यक्षको तयारीमा पुग्नुभएको हो ।

भुसालले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग पनि यस विषयमा कुराकानी गरिरहेको जनाइएको छ। उपाध्यक्ष भीम रावलले आइतबार मात्र महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

‘उहाँलाई धेरैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको छ। महासचिवमा उठ्दा हार्न सकिने तर उपाध्यक्षमा सम्भावना हुने शुभचिन्तकको बुझाइ छ,’ भुसालनिकट एक नेताले भन्नुभयो, ‘अहिले नै केही सार्वजनिक भएको छैन। तर उहाँले उपाध्यक्षमै उम्मेदवारी दिनुहुन्छ ।’

उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने भुसालको बुझाइ छ। यद्यपी भुसालले महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन्।