अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जनताको पार्टी भन्ने पुष्टि गर्छौं : शंकर पोखरेल

एमाले जनताको पार्टी भन्ने पुष्टि गर्छौं : शंकर पोखरेल


काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेका कार्यकर्तासँग मात्र जनपरिचालनको सामर्थ्य भएको बताउनुभयो ।

आज वुद्धिजिवी संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेता पोखरेलले आसन्न महाधिवेशनमा चितवनमा देखिने भीडले त्यसलाई पुष्टि गर्ने बताउनुभयो ।

पोखरेल  भन्नुहुन्छ, ‘गोदावरीको विधान अधिवेशन र चितवनमा हुन गइरहेको राष्ट्रिय अधिवेशनका विशेषताहरू फरक छन् । हामीले विधान अधिवेशनमा कार्यकर्ताको सहभागितालाई जोड दियौं । राष्ट्रिय महाधिवेशनमा जनताको परिचालनमा जोड छ ।’

महाधिवेशन उद्घाटन समारोहमा नारायणी किनारमा हुने देशभरका ५ लाखभन्दा बढीको जमघट हुने भन्दै पोखरेलले भन्नुभयो, ‘हाम्रा कार्यकर्ताहरू जनताको परिचालनको सामर्थ्य राख्छन् भन्ने देखाउँन जरुरी छ।’

केही पार्टीका साथीहरु एमालेभन्दा बढी सदस्य बनाउँछु भन्दै भाषण दिइरहेको पनि बताउनुभयो । पार्टी सदस्य जति छन् त्यति पनि भोट नआउने पार्टीको अर्थ नभएको उहाँको भनाइ छ ।