अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटका बुधाई खाँ एमालेमा प्रवेश, प्रभु साहले गर्नुभयो स्वागत

रौतहटका बुधाई खाँ एमालेमा प्रवेश, प्रभु साहले गर्नुभयो स्वागत


रौतहट – नेकपा एकीकृत समाजवादीका रौतहट जिल्लाको फतुवा विजयपुर नगर कमिटीका इन्चार्ज बुधाई खाँ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले उहाँलाई एमाले प्रवेश गराउनुभएको हो । गत स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार रहेका खाँ एमाले विभाजनपछि नेकपा एसमा लाग्नुभएको थियो ।

प्रभु साहको निर्वाचन क्षेत्र रहेका फतुवा विजयपुरका माओवादीबाट निर्वाचित जनप्रतिनिधि यसअघि नै साहसँगै एमालेमा समाहित भइसकेका छन् । उहाँलाई एमाले नेता अच्युत मैनाली, बलवीर प्रसाद चौधरी लगायतले स्वागत गर्नुभएको थियो ।