अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्छु : गणेश तिमिल्सिना

संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्छु : गणेश तिमिल्सिना


काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बारको अन्दोलनप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।

नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र लिने क्रममा सोमबार उहाँले यस्तो बताउनुभएको हो । सो अवसरका उहाँले संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘बाँकी त माननीयज्यूहरूले गर्नुहुन्छ । संवैधानिक सीमाअनुसार म पनि पहल गर्छु ।’

ज्ञापनपत्रमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि १७ अभियोग लगाइएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दै तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनरत छ ।