अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका संगठित सदस्य साढे ८ लाख भन्दा बढी, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने  

एमालेका संगठित सदस्य साढे ८ लाख भन्दा बढी, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने  


काठमाडौं – नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि बढ्ने भएका छन् । यसअघि १ हजार ९९९ प्रतिनिधि हुने भनिएकोमा संख्या अब त्यो भन्दा बढी हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यो बीचका करीब डेढ लाख सदस्य थपिएकाले प्रतिनिधि संख्या तोकिएको भन्दा बढी हुने तामाङले बताउनुभयो । उहाँले केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशतसहित २ हजार १५० देखि २ हजार २२ सय सम्म प्रतिनिधि हुने उहाँको भनाइ छ।

तामाङका अनुसार एमालेका संगठित सदस्य ८ लाख ५५ हजार ४५३ पुगेका छन्।