अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमाले स्थायी समितिको बैठक सुरू

महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमाले स्थायी समितिको बैठक सुरू


ललितपुर – नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनीत प्रतिनिधिलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बस्दैछ ।

महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बिहान साढे ११ बजे बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ ।

हिजो बोलाइएको बैठक स्थगित भएको थियो ।

महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।

एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ ।