अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिव पदमा राजेन्द्र गौतमको उम्मेद्वारी घोषणा

एमालेको सचिव पदमा राजेन्द्र गौतमको उम्मेद्वारी घोषणा


काठमाडौं -नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
नेता गौत्मले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो ‘पार्टीमा मेरो योगदान,लगानी र कार्यक्षमताका कारण सचिव पदका लागि म योग्य छु’ गौतमले भन्नुभयो ‘त्यसकारण दशौं महाधिवेशनमा सचिव पदमा मेरो उम्मेद्वारी रहन्छ ।’
संखुवासभाबाट संघीय संसदमा निर्वाचित साँसद गौतम लेखक एवं पत्रकारको रुपमा चिनिनुहुन्छ । उहाँ पार्टीको मुखपत्र नवयुगको सम्पादक भइसक्नुभएको छ । नेकपा कालमा पत्रकारको संगठन प्रेस संगठनको इन्चार्ज हुनुहुन्थ्यो ।
२०६५ सालको आठौं माधिवेशनबाट देखि केन्द्रीय सदस्य हुनु भएका गौतम कोशी अञ्चल इन्चार्ज हुनुहुन्थ्यो । ५९ वर्षीय गौतम दशौं महाधिवेशनमा आफूलाई सचिव पदमा टिकट दिन नेताहरुले विवेक पु¥याउने र निर्वाचित गराउन प्रतिनिधीहरुले विवेक पु¥याउने बताउनुुहन्छ ।