अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सचिवमा फेरि दोहोरिने योगेश भट्टराईको औपचारिक घोषणा

एमाले सचिवमा फेरि दोहोरिने योगेश भट्टराईको औपचारिक घोषणा


चितवन– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमार्फत पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने औपचारिक घोषणा गर्नुभएको छ । बुधवार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गर्नुभएको हो ।

आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम सुरु भएको भन्दै उहाँले सबैसँग सल्लाह लिएर अघि बढ्ने जानकारी दिनुभयो । एमालेमा कार्यकारी भूमिका निर्वाह गर्न आफूसँग अझै १५ वर्ष बाँकी रहेकाले अहिले नै ठूलो पदमा पुग्ने आकांक्षा नराखेको उहाँको भनाइ थियो ।

उहाँले महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाइने र चितवनका हरेक घरमा उद्घाटन सत्रमा सहभागिताका लागि निमन्त्रणा पठाइएको जानकारी समेत दिनुभयो ।