अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित, देउवा पक्षको क्लिन स्विप

जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित, देउवा पक्षको क्लिन स्विप


सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुरको गृहजिल्ला सुर्खेतमा संस्थापन इत्तर पक्ष क्लिन स्विप भएको छ। सुर्खेतको दुईवटा प्रतिनिधिसभा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षले क्लिन स्विप परेको छ । संस्थापन इत्तर पक्ष वर्तमान जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ जिल्ला सभापति रेग्मी र पूर्वमन्त्री शिवराज जोशी पराजित हुनुभएका छन्। रेग्मीले ३२० र जोशीले ३१० मत प्राप्त गरेका छन् । दुवैजना रामचन्द्र पौडेल पक्षका हुन् । सुर्खेतमा महामन्त्री खड्का र केन्द्रीय सदस्य हृदयराम थानी समूह छुट्टाछुट्टै प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । केन्द्रमा खड्का सभापति शेरबहादुर देउवा पक्षमा छन् भने थापा पौडेल समूहमा रहेका छन् ।

स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि क्षेत्र-१ बाट महामन्त्री खड्का पनि सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएका छन् ।  ८७४ मत खसेकोमा खड्काले ७३६ मत पाए । सुर्खेतको दुवै क्षेत्रका सबै महाधिवेशन प्रतिनिधि खड्कानिकट प्यानलले जितेको छ ।