अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय राजनीति अहिले एमाले र अध्यक्ष ओलीको वरिपरि घुमेको छ : प्रदीप ज्ञवाली

राष्ट्रिय राजनीति अहिले एमाले र अध्यक्ष ओलीको वरिपरि घुमेको छ : प्रदीप ज्ञवाली


काठमाडौं – नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीति अहिले पनि एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमिरहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघले आज काठमाडौंमा आयोजना गरेको ‘वर्तमान परिवेशमा सूचना प्रविधि र सामाजिक सञ्जालको महत्व’ विषयक विचार गोष्ठी तथा साइबर सर्कल घोषणा कार्यक्रममा बोल्नुहुँदै ज्ञवालीले एमाले सत्ता र शक्तिमा नभएपनि देश-विदेशले बालुवाटारभन्दा पहिले बालकोटले के भन्छ भनेर कुरेर बसिरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिको केन्द्रमा अहिले एमाले र अध्यक्ष ओली हुनुहुन्छ। अहिले बालुवाटार, सानेपा, खुमलटार खोज्दैन अहिले बालकोट र थापाथलीले के भन्यो भनेर सोध्ने गरेको छ।’

सम्बोधनका क्रममा ज्ञवालीले विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता कब्जाको अभ्यास एमालेले नै असफल पारेको दाबी गर्नुभयो ।

विस्तृत शान्ति सम्झौतापछि देशमा संविधान निर्माण, द्वन्दकालिन मुद्दाहरुको निरुपण लगायतका कामहरुलाई प्राथमिकता दिनुपर्ने बेला प्रचण्डले सत्ताकब्जाको अभ्यास स्वरुप सेनामाथि जाइलागेको स्मरण गर्नुभयो ।