अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायालयको आन्दोलन गठबन्धनको रिफ्लेक्सन : केपी ओली

न्यायालयको आन्दोलन गठबन्धनको रिफ्लेक्सन : केपी ओली


काठमाडौं- न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानून व्यवसायीको आन्दोलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको रिफ्लेक्सन भएको टिप्पणी गर्नुभएको छ ।

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनभित्रको विवाद र चरित्र न्यायालयमा देखिएको बताउनुभयो । ‘अहिले देशमा आन्दोलन छैन । तर, न्यायालयमा आन्दोलन छ । यो पाँच दल ९गठबन्धन०को रिफ्लेक्सन हो’, ओलीले भन्नुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १४ कात्तिकबाट नेपाल बार एसोसिएसनको आन्दोलन र सर्वोच्च अदालतकै न्यायाधीशको इजलास बहिस्कारलाई ओलीले इंगित गर्दै गठबन्धनको रिफ्लेक्सन भनेर टिप्पणी गर्नुभएको हो ।