अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस होसियार ! प्रचण्डले सिध्याउलान् : केपी ओली

कांग्रेस होसियार ! प्रचण्डले सिध्याउलान् : केपी ओली


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गर्नुभएको छ ।

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताउनुभएको हो ।

एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भन्नुभयो, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउलान् ।’

कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताउनुभयो ।