अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्र निर्माणमा सामेल हुन अध्यक्ष ओलीको आह्वान

राष्ट्र निर्माणमा सामेल हुन अध्यक्ष ओलीको आह्वान


काठमाडौं – नेकपा (एमाल) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सामेल हुन विभिन्न पार्टीमा रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ।

राष्ट्रिय युवा सङ्घ नेपालले साइबर सर्कल घोषणा कार्यक्रममा आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भ्रम र प्रलोभनमा परेर पार्टी छाडेर गएकाहरूलाई पार्टीमा फर्कन पनि आग्रह गर्नुभयो । उहाँले अहिलेको सत्ता गठबन्धन व्यक्ति विशेषको स्वार्थमा बनेकाले यो सफल नहुने जिकिर गर्नुभयो । उहाँले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले एमालेलाई थप प्रभावकारी र सशक्त बनाउने उद्घोष गर्नुभयो ।