अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि सुरु हुने १० औं महाधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली आजै चितवन जाँदै

भोलिदेखि सुरु हुने १० औं महाधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली आजै चितवन जाँदै


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १० औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदै हुनुहुन्छ ।

भोलिदेखि सुरु हुने महाधिवेशनको अन्तिम तयारीको अवस्था बुझ्न र अन्य केही कार्यक्रममा सहभागी हुन ओली आजै चितवन जान लाग्नु भएको हो। भोln नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ ।

एमालेले उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ । अध्यक्ष ओली आज विहान ११ बजे चितवन पुग्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।