अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : देउवा र ओली चितवन आउने, प्रहरीका एआईजी र डीआईजीले सुरक्षा चेक गर्ने

एमाले महाधिवेशन : देउवा र ओली चितवन आउने, प्रहरीका एआईजी र डीआईजीले सुरक्षा चेक गर्ने


चितवन- एमालेको चितवनमा भोलिदेखि हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक पनि आउने भएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने भएकाले एक जना एआईजी र दुई जना डीआईजी चितवन आउन लागेका हुन् ।

एआईजी सहकुल थापा, डीआईजी प्रकाशजंग कार्की र दिवेश लोहनीको आज साँझसम्म चितवन आइपुग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी ओलीलगायत स्थायी कमिटीका नेताहरू पनि आज नै चितवन आउँदै छन् । महाधिवेशन सुरक्षाका लागि चितवनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अनुसन्धान विभागका गरी १४ सय ५५ जनाभन्दा बढी सुरक्षाकर्मी खटिँदै छन् ।