चितवन– नेकपा एमालेको १ नम्बर प्रदेश सम्पर्क कमिटीका अध्यक्ष ईन्द्र भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
चितवनमा आजदेखि सुरु भएको दसौं राष्ट्रिय महाधिवेशनमा सम्पर्क समन्वय कमिटी खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।
उहाँले अध्यक्ष ओली गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म स्वकीय सचिवको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाहरुहरुमा भण्डारीले समन्वयको काम गर्दै आउनुभएको छ ।
भण्डारी एमालेको झापा–काठमाडौं सम्पर्क मञ्च, तत्कालिन मेची अञ्चल सम्पर्क कमिटीलगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।
प्रतिक्रिया