अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्जको तयारी पूरा

अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्जको तयारी पूरा


रसुवा – रसुवामा शनिबार हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्जको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको आयोजनामा कालिकास्थानमा हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको रसुवा जिल्ला खेलकुद विकास समिति तथा रसुवा जिल्ला साइक्लिङ संघका अध्यक्ष दावा तामाङले बताउनुभयो ।

प्रतियोगितामा नेपाली र विदेशी गरी ८० जना खेलाडीले सहभागिता जनाउने उहाँले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलातर्फ इलिट विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

इलिटतर्फका विजेताले ४० हजार, उपविजेताले २० हजार तथा तेस्रो स्थानमा रहने खेलाडीले १५ हजार रुपैयाँ पाउने अध्यक्ष तामाङले बताउनुभयो । उहाँकाअनुसार चौथोदेखि दशौँ स्थानमा रहने खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिने भएको छ । यसैगरी मास्टर्स र जुनियरका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले सात हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिता कालिका गाउँपालिकाको सहिदगेट कालिकास्थानबाट सुरु भई घुम्ती बजार, लामाटोल, गुम्बाडाडा, स्याउबरी हुँदै गणेश हिमाल र त्रिशूलीको रमणीय दृश्य हेर्दै नौकुण्ड गाउँपालिका लोकिल, आरुखर्क, गोर्मु, किमोर्जोङ, खाल्चेत, जिबजिबे हुँदै ३५ किलोमिटर पार गरी कालिका हिमालय क्याम्पसमा अन्त्य हुनेछ ।

Skip This