अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा


उदयपुर-उदयपुरकाे त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

शनिबार बेलुकी त्रियुगा –११ को सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।