अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीएण्डसी अस्पतालद्वारा खुदुनाबारीका परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम उपलब्ध

बीएण्डसी अस्पतालद्वारा खुदुनाबारीका परिवारलाई नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम उपलब्ध


अर्जुनधारा – झापाको बिर्तामोडमा रहेको बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालले नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम उपलब्ध गरेको छ । नि:शुल्क स्वास्थ्य अन्तरगत अर्जुनधारा–१ र २ नम्बर वडाका १०३ जना सर्वसाधारणले विमा विमित हुने अवसर प्राप्त गरेका छन् ।

आज खुदुनाबारीस्थित कैदलेमा आयोजित विमा कार्ड वितरण कार्यक्रममा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विमा कार्ड वितरण गर्नुभएको थियो ।

आर्थिक अभावका कारण सिटामलसम्म किनेर खान नसक्ने अवस्थाका अतिविपन्न परिवारलाई सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य विमा गराई दिएको अस्पतालका प्रवक्ता प्रोमिश गिरीले जानकारी दिनुभयो । यसअघि पनि सोही ठाउँमा १०० परिवारको विमा गराई दिएको र छिमेकी जिल्ला इलामको माई नगरपालिकास्थित थाक्लेमा दुईसय परिवारसहित गरी हालसम्ममा ४०३ जनाको विमा गरिएको छ । एक परिवारको रु.३५ सयका दरले हालसम्ममा रु.१ करोड ४१ लाख ५०० रुपियाँ विपन्न समुदायको लागि खर्च गरिएको प्रवक्ता गिरीले बताउनुभयो ।

विमा मार्फत १ वर्षभित्र १ लाख सम्मको औषधि उपचार खर्च उपलव्ध हुने नीति रहेको छ ।

अभियान नेपालको सहजीकरणमा विमा कार्ड वितरण गरिएको थियो । कार्यक्रममा अभियान नेपालका अध्यक्ष लोकमान श्रेष्ठ, संविधान सभा सदस्य प्रेम गिरी लगायतले अस्पतालले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो । सो अवसरमा कार्यकारी निर्देशक प्रसाईंले स्थानिय शिवालय मन्दिरका लागि शिव र दुर्गाको मूर्ति उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।