अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुतेको अवस्थामा निसास्सिएर मृत्यु

सुतेको अवस्थामा निसास्सिएर मृत्यु


दाङ – दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान् श्रीमती कोइला बालेर सुतेका थिए । बिहान ४ बजेतिर उनकी श्रीमती उठ्ने बेला उनको मृत्यु भइसकेको थियो । श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य छ ।

उनको शव भने घरभित्रै रहेको छ । प्यूठानबाट घरपरिवार आएपछि मात्रै उठाएर शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । सुनार अमिलियाको शोभा होटलमा खान बनाउने काम गर्दै आएका थिए ।