अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नवलपुरका अध्यक्षका प्रत्यासी जीवन श्रेष्ठद्वारा राजनीतिक सन्यासको घोषणा

एमाले नवलपुरका अध्यक्षका प्रत्यासी जीवन श्रेष्ठद्वारा राजनीतिक सन्यासको घोषणा


चितवन -नेकपा एमालेको नवलपुरका अध्यक्षका प्रत्यासी एवं पुराना नेता जीवन कुमार श्रेष्ठले राजनीतिबाट बिश्राम लिएको घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले ‘केही असहज परिस्थिती’का कारण सक्रिय राजनीतिबाट अलग हुनु परेको श्रेष्ठले उल्लेख गर्नुभएको छ । श्रेष्ठले फेसबुकमा आफ्नो लामो राजनीतिक इतिहासको फेहरिस्त पनि खुलाउनु भएको छ ।
राज्यको पुनर्संरचनापछि बनेको नवलपुर जिल्लामा अध्यक्षका लागि श्रेष्ठ र रोशन गाहा मगरको तिव्र प्रतिष्पर्धा थियो । श्रेष्ठ र मगर एक आपसमा सहमती हुँदै गर्दा केन्द्रीय सदस्य तिलक महतले मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरेको श्रेष्ठको गुनासो छ । आफ्नो ४२ बर्षको राजनीतिक जीवनमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै श्रेष्ठले जनताको सेवामा बाँकी दिनमा पनि सक्रिय रहने उल्लेख गर्नुभएको छ ।
श्रेष्ठले लेख्नुभएको छ –

सकृय राजनितिबाट सन्यास घोषणा
म जिवन श्रेष्ठ २०२९ साल देखि झापा बिद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा ९केर के० नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाबिस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाहा गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटिको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटिको सदस्य, २०६३मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाहा गर्दै आइरहेको र पार्टीलाइ गाह्रो, अप्ठ्यारो र बिभाजनको बखत पार्टी एकता र सुढृद गर्दै ूसम्बृद्ध नेपाल सुखि नेपालिू को आकाङ्क्षा पुरा गर्ने अभियानमा अबिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका २०७८-०९-२७ देखि सकृय राजनितिबाट बिश्राम लिने घोषणा गर्दछु।
मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण जन, नेकपा एमाले पार्टी र राजनितिको शिक्षा(दिक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा , आन्दोलनमा एकेबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रुपमा सदैब सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु।