काभ्रे-काभ्रेको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा बीपी राजमार्गमा हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
इलामबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३५९ नम्बरको यात्रुवाहक माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो।
दुर्घटनालगत्तै भकुण्डेबेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइतेहरूको उद्धार गरेको थियो।
घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
रातको समय र अप्ठ्यारो भौगोलिक अवस्थाका कारण उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनसमेत प्रयोग गरेको थियो।



प्रतिक्रिया