अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित


पोखरा -नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा प्रतिस्पर्धी दामोदार बैरागीलाई ४९ मतले पछि पार्दै अध्यक्षमा गुरुङ बिजयी हुनुभएको हो । गुरुङले ४५६ मत पाउनु भएको छ भने बैरागीले ४ सय ७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्षमा तेजनारायण अधिकारी ४२१ मतका साथ बिजयी हुनुभएको छ भने सचिवमा युवा नेता बैनबहादुर क्षेत्री ४७५ मतसहित निर्वाचित हुनुभएको छ । यस्तै उपसचिवमा दर्शन लामा ५४० मत र नवराज ओझा ४४३ प्राप्त गरी बिजयी हुनुभएको कास्की एमाले निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्षमा पराजीत प्रभा कोईरालाले ४१३, सचिवमा पराजीत बिष्णुबहादुर केसीले ३६४ तथा उपसचिवमा पराजीत ईमान पौडेलले ३५५ र मनबुजा बिकले २३७ मत प्राप्त गर्नुभएको छ । सहमति जुटन नसकेपछि नयाँ कार्यसमिति चयनका लागि कास्कीमा गुरुङ र बैरागी पदाधिकारीको टीमसहित निर्वाचनमा होमिनु भएको थियो ।