अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यानरुम अन्तिम १६ मा

क्यानरुम अन्तिम १६ मा


आयोजक क्यामरुन अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । बिहीबार राति भएको खेलमा इथोपियालाई ४-१ गाेल अन्तरले पराजित गर्दै एक खेल अघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो ।

खेलमा डावा होटेसाको गोलसँगै खेलको चौथो मिनेटमा इथोपियाले अग्रता बनाएको थियो । तर त्यसपछि क्यामरुनले खेलमा गोलको वर्षा गर्‍याे ।

उसका भिन्सेन्ट अबुबकर र कार्ल टोको एकाम्बीले २-२ गोल गरे ।

समूहको अर्काे खेलमा बुर्किना फासोलाई केप भर्र्डलाई १-० गाेलले पराजित गरेकाे छ । समूह ‘ए’ को क्यामरुनको २ खेलबाट सतप्रतिशत जितसहित ६ अंक छ । बुर्किना फासो र केप भर्रेडको २ खेलबाट ३ अंक रहँदा इथिओपिया बिना अंक पुछारमा छ ।