धादिङ – धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै तीन पुरिएका थिए । तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।
शनिबार एक जना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो । तर शव भेटिएका व्यक्तिको भने पहिचान भइनसकेको उहाँले बताउनुभयो।
दुई जनाको अवस्था अझै अज्ञात छ । बिहिबार बिहान डोजर चालकसहित तीन जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
प्रतिक्रिया