अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिद्धिचरण राजमार्गमा जीप दुर्घटनाः एक मृत्यु, पाँच जना घाइते

सिद्धिचरण राजमार्गमा जीप दुर्घटनाः एक मृत्यु, पाँच जना घाइते


उदयपुर – सिद्धिचरण लोकमार्गको कटारी मरुवा खण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्वर ८ मा पर्ने सिरिरे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा कटारी नगरपालिका–८ पाखाटोलका ३८ वर्षे बिक्रम रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिनुभयो । दुर्घटनामा गम्भिर घाइते भएका रानामगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा कटारी नगरपालिका–८ पट्नाभज्याङकी ३० वर्षे दिलमाया मगर, १७ वर्षे मनोज खड्का, घुम्तिकै दिपक श्रेष्ठको सात वर्षे छोरा दिबश श्रेष्ठ, ४८ वर्षकी बुद्धमाया श्रेष्ठ, ३६ वर्षीय बेदकुमारी थापा मगर रहेको र घाइते सबैको उपचार कटारी अस्पतालमा भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बोलेरो चालक कटारी नगरपालिका– ८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठ तत्काल फरार रहेकाले खोजी भइ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिनुभयो ।