अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यात्रुबाहक बसबाट खसेर एक जनाको मृत्यु

यात्रुबाहक बसबाट खसेर एक जनाको मृत्यु


उदयपुर – उदयपुरमा हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका-५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरगढी गाउँपालिका-५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेका राईको बसको पछाडीको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

बसका चालक रौतामाई गाउँपालिका-७ का राजन राउतलाई नियन्त्रणमा लिईएको छ ।