अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा तेस्रो पटक हिमपात

ताप्लेजुङमा तेस्रो पटक हिमपात


ताप्लेजुङ – ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित फक्ताङलुङ  गाउँपालिका-७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरूमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो ।

हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका घुन्साका स्थानीय केल्साङ शेर्पाले बताउनुभयो । हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपाय समेत प्रभावित भएका टासी तेन्जीले शेर्पाले बताउनुभयो ।

हिमाली क्षेत्रमा प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने शेर्पाले बताउनुभयो ।ऽ सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाको भनाइ छ ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताउनुभयो ।

त्यस्तै समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । ताप्लेजुङमा पहिलो पटक १३ र १४ पुसमा र देस्रो  २९ पुसमा गते हिमापात भएको थियो । अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो ।