काठमाडौं- प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमालेलाई खबर गरिएको छैन ।
उपमहासचिव विष्णु रिमालका अनुसार सर्वदलीय बैठकका लागि हालसम्म प्रधानमन्त्रीको सचिवालयले एमालेलाई कुनै जानकारी पठाएको छैन । रिमालले फेसबुममा लेख्नु भएको छ- प्रधानमन्त्रीज्यूले आज ििबहान सर्वदलीय बैठक बोलाउनु भएको भन्ने समाचार सञ्चार माध्यममा देखियो ,सुनियो । एमालेको सहभागिता बारे धेरैले प्रश्न गर्नुभयो । बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सुचना नभएको जानकारी गारउदछु ।
प्रतिक्रिया