काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन्।
लामिछानेको भ्रमण निजी तथा पारिवारिक प्रयोजनका लागि रहेको उनको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
निजी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछानेको भारत भ्रमण आध्यात्मिक तथा पारिवारिक प्रयोजनका लागि तय गरिएको हो।
तीनदिने भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।






प्रतिक्रिया