अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा निसासिएर शिशुको मृत्यु, दम्पतीको अवस्था गम्भीर

भक्तपुरमा निसासिएर शिशुको मृत्यु, दम्पतीको अवस्था गम्भीर


भक्तपुर – भक्तपुरमा निसासिएर तीन महीने शिशुको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-४, दधिकोट गाम्चास्थित विगत दुई वर्षदेखि डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको हो ।

हिजो बेलुका खाना खाएर आगो तापी सुतेकोमा बिहान अबेरसम्म पनि नउठेकोले स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा अभिषेकसहित उनकी श्रीमती पसुना तामाङ र शिशु अचेत अवस्थामा फेला परेका थिए ।

उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा तीनमहिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । अभिषेक र उनकी श्रीमतीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।