अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड नालीमा फसेर गैंडाको मृत्‍यु

नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड नालीमा फसेर गैंडाको मृत्‍यु


चितवन – चितवनको नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्‍यु भएको छ ।

चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा फसेर गैंडाको मृत्यु भएको हो ।

घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर र लिङ्गको बारेमा खुलेको छैन। निकुञ्जको टोली घटनास्थलतर्फ जाँदै गरेको निकुञ्जले जानकारी दिएको छ ।

ठेकेदारले लापरबाही गरी नालीको भाग नपुर्दा उक्त क्षेत्रमा यस्तो घट्ना भएको स्थानीयले गुनासो गरेका छन् ।