अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरी उपमहानगरद्वारा दलित विद्यार्थीलाई शैक्षिक प्रोत्साहन

इटहरी उपमहानगरद्वारा दलित विद्यार्थीलाई शैक्षिक प्रोत्साहन


इटहरी -उपमहानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २४ सयका दरले आज ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभयो । उपमहानगरपालिकाले ६१ जना दलित विद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आज ३८ जनालाई प्रदान गरिएको हो । अन्यलाई अर्को दिन प्रदान गरिने वताइएको छ ।
दलित समूदायका विद्यार्थीलाई उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले वताउनुभयो । यो वर्ष ६१ जना विद्यार्थीले प्रोत्साहनका लागि आवेदन दिएका थिए । उपप्रमुख गौतमले उपमहानगरपालिकाले निशूल्क संचालन गर्ने लोकसेवा तयारी कक्षामा भाग लिन समेत विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।