अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भिरबाट लडेर एक किशोरीको मृत्यु

भिरबाट लडेर एक किशोरीको मृत्यु


जुम्ला – जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको हो । भिरबाट लडेर बेहोस अवस्थामा शुक्रबार राति उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पु¥याइएको र होस नआएर मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासी धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भिरबाट लडेर रावत बेहोस हुनुभएको थियो । उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लिएर उपचार आइसियुमा उपचार भए पनि होस नफर्किएर मृत्यु भएको थियो । किशोरी रावत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो ।